कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०६

खोलाले बालिका बगायो, पहिरोमा पुरिँदा २ जना घाइते 

भाद्र २८, २०८१

डोटी — डोटीको के.आई.सिंह गाउँपालिका वडा नम्बर-४ मा एक बालिकालाई खोलाले बगाएको छ ।

स्थानीय गन्नीगाड खोलाले दूध बेच्न घरबाट हिँडेकी ८ वर्षीया निर्मला चन्दलाई बगाएको जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भिमलाल भट्टराइले बताए । स्थानीय र प्रहरीद्वारा बालिकाको खोजी कार्य जारी छ ।

त्यस्तै डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर-४ टिमुटेमा घरमा च्यापिएर दुई जना घाइते भएका छन् । ४५ वर्षीय तुलाराम जेठारा र उनकी ४० वर्षीया श्रीमती भागरथी जेठारा घाइते भएको डीएसपी भट्टराईले जानकारी दिए । घरमाथि पहिरो खस्दा गएराती उनीहरू घाइते भएका हुन् ।

पहिरो खस्दा दर्जनौं बाख्रा च्यापिएर मरेको प्रहरीले जनाएको छ । त्यस्तै पहिरोमा परी ४ वटा गाईगोरु पनि मरेका छन् ।


प्रकाशित : भाद्र २८, २०८१ ०९:४५
×