कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०६

दार्चुलाको धामीगाडामा जिप दुर्घटना हुँदा १० यात्रु घाइते

भाद्र २७, २०८१
दार्चुलाको धामीगाडामा जिप दुर्घटना हुँदा १० यात्रु घाइते

दार्चुला — गोकुलेश्वरबाट सदरमुकाम खलंगा गइरहेको यात्रुवाहक जिप धामीगाडामा दुर्घटना हुँदा दश जना यात्रु घाइते भएका छन् । मालिकार्जुन गाउँपालिका–८ धामीगाडामा से १ ज १०२२ नम्बरको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार धामीगाडामा जिप अनियन्त्रित भई सडक छेउ नालीमा उल्टिँदा जिपमा सवार १० जना घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । केही जना घाइतेहरुको टाउकोमा चोट लागेर रगत बगिरहेको दुर्घटनास्थलमा रहेका रामप्रसाद भुसालले बताए ।

घाइतेहरूको ठेगाना खुल्न सकेको छैन् । जिप दुर्घटना भएको खबर पाउने वित्तिकै प्रहरी चौकी पस्तीबाट प्रहरी घटनास्थलतर्फ खटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : भाद्र २७, २०८१ १३:२७
×