कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८९

सर्पले डसेर दिदीबहिनीको मृत्यु

भाद्र ८, २०८१
सर्पले डसेर दिदीबहिनीको मृत्यु

धनगढी — कैलालीको गौरीगंगा गरपालिका–७ महुलियामा सर्पले डसेर एकै घरमा दिदीबहिनीको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार महुलियाका स्थानसिंह घर्तीमगरकी ७ वर्षीया छोरी नीता घर्तीमगर र ४ वर्षीया काजललाई शुक्रबार राति घरमै सुतिरहेको अवस्थामा सर्पले डसेर मृत्यु भएको हो ।

सर्पले डसेपछि उनीहरुलाई उपचारका लागि धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ल्याइएको थियो । उपचारकै क्रममा शनिबार विहान साढे तीन बजे दुबै बहिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता कबिन्द्रसिंह बोहराले बताए ।

सर्पले ती बालिकाकी हजुर आमा मेनुका घर्तीमगरलाई पनि डसेको छ । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित : भाद्र ८, २०८१ १९:४७
x
×