कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

महाकालीमा पानीको बहाब बढ्यो

भाद्र २८, २०८१
महाकालीमा पानीको बहाब बढ्यो

कञ्चनपुर — लगातारको वर्षापछि महाकाली नदीमा पानीको बहाब बढेको छ । पानीको बहाब बढेपछि शुक्रबार बिहानदेखि शारदा ब्यारेजको पुलमा चारपांग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक ईश्वर थापाका अनुसार महाकाली नदीमा पानीको बहाब १ लाख ७१ हजार क्युसेक पुगेको छ । शारदा ब्यारेजको पुल जीर्ण भएको भन्दै पानीको बहाब १ लाख क्युसेक नाघ्ने वित्तिकै ठूला सवारीसाधन आवागमनमा रोक लगाइने गरिएको छ ।

वर्षाका लागि जिल्लाका अन्य नदीहरुमा पनि जलस्तर खतराको तह पार गरेको छ । जोगबुडा नदीमा पनि बाढीले खतराको तह पार गरेर बस्तीमा पस्ने जोखिम रहेको प्रहरी निरीक्षक थापाले बताए ।

वर्षा नरोकिएका कारण नदीमा जलस्तर अझै बढ्न सक्ने अनुमान गरिएको छ । नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहनसमेत सूचित गरिएको थापाले बताए ।

प्रकाशित : भाद्र २८, २०८१ १२:४४
×