कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

कैलालीमा डुबानको जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा सारियो 

भाद्र २८, २०८१

धनगढी — अत्यधिक वर्षापछि भएको डुबानको जोखिममा परेपछि कैलालीको जानकी गाउँपालिकाको गिरधरपुर र फरेलाका ५१ परिवारलाई सुरक्षित स्थानमा सारिएको सम्बन्धित वडाका जनप्रतिनिधिहरूले बताएका छन् । 

जानकी गाउँपालिका–४ का वडाध्यक्ष दीपेन्द्रकुमार कठरियाले गिरधरपुरका ३५ घर परिवारलाई शुक्रबार बिहान गिरधरपुरमा निर्माण गरिएको सुरक्षित ठाउँमा सारिएको बताए । यस्तै वडा नम्बर-७ फरेलाका १६ घर परिवारलाई पनि सुरक्षित भवनमा सारिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले कैलालीका मोहना, खुटिया, कान्द्रा, घराहा, कटैनी, पथरियालगायतका नदीको जलसतह बढ्दो क्रममा रहेकोले आसपासका बासिन्दालाई सुरक्षित रहन सचेत गराएको छ ।

प्रकाशित : भाद्र २८, २०८१ १२:४०
×