कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

हावाहुरीले विद्यालय भवनको छानो उडायो

भाद्र २८, २०८१
हावाहुरीले विद्यालय भवनको छानो उडायो

दार्चुला — बैतडीको पाटन नगरपालिका–८ खोड्पेस्थित सिद्धदिप आधारभुत विद्यालयको छानो हावाहुरीले उडाएको छ । शुक्रबार बिहान वर्षासँगै आएको हावाहुरीले विद्यालय भवनको छानो उडाउँदा विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन बिष्टका अनुसार हावाहुरीले विद्यालयको दुईकोठे भवनको छानो उडाएको हो ।

जस्तापाताले छाएको दुई कोठे भवनको छानो आंशिक रुपमा उडाएको र थप जोखिम सिर्जना भएको उनले बताए । कक्षा ८ सम्मको पढाई हुने भवनको छानो हावाहुरीले उडाएपछि पठनपाठनमा समस्या आएको उनको भनाइ छ । त्यस्तै, वर्षासँगै आएको हावाहुरीले घरको छानाबाट पत्थर खस्दा पाटन नगरपालिका–४ थुमकी २० वर्षीया सुनिता भट्ट घाइते भएकी छन् ।

जगन्नाथ बहुमुखी क्याम्पसका उपप्राध्यापक मानबहादुर चन्दका अनुसार बिहान घरभित्रबाट बाहिर आउँदा हावाहुरीले छानाबाट खसेको पत्थर लागेर सुनिताको दायाँ खुट्टामा गहिरो घाउ भएको छ । घाइते सुनिताको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ ।

प्रकाशित : भाद्र २८, २०८१ १५:५९
×