कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

सुदूरपश्चिममा गौरा पर्व सुरु

भाद्र ८, २०८१
सुदूरपश्चिममा गौरा पर्व सुरु

धनगढी — सुदूरपश्चिमको मौलिक पर्व गौरा पर्व आज शनिबारदेखि विधिवत् रुपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीको दिन घर–घरमा बिरुडा राखेर गौरा पर्व सुरु हुने परम्परा छ ।

आजको दिनलाई बिरुडा पञ्चमी भनिन्छ । पञ्च अन्न (मास, कलौ, गहत, गहुँ र गुराँस) भिजाएर तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले श्रृगार गरी बिरुडा बनाउने चलन छ । बिरुडा गौरी माताको प्रसादका रुपमा लिइन्छ । बिरुडा भिजाउने बेला महिलाले स्थानीय भाषामा रहेको सगुन तथा बिरुडा भिजााउने बेलाको फाग गाउने चलन छ । सप्तमी र अष्टमीका दुई दिन गौराका विशेष दिनका रुपमा लिइन्छ । गौरामा व्रत बसी पूजाअर्चना गर्दा श्रीमान् तथा घरपरिवारका सदस्यहरु निरोगी, दीर्घायु, परिवारमा सुख समृद्धि हुने विश्वास छ ।

कृष्ण जन्माष्टमीको पछिल्लो दिन(नवमी) मा गौरा सेलाएर विधिवत अन्त्य गर्ने प्रचलन रहिआएको छ ।

प्रकाशित : भाद्र ८, २०८१ ०९:४७
x
×