कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत  

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत  

सुर्खेत — कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

मुख्यमन्त्री कँडेलले संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत प्राप्त गरेका हुन् । मुख्यमन्री कँडेलको पक्षमा २३ मत र विपक्षमा १४ खसेको थियो । मुख्यमन्त्री कँडेललाई एमालेका ९, कांग्रेसका १३ र १ स्वतन्त्र सांसद गरी २३ सांसदले विश्वासको मत दिएका छन् ।

चैत २७ गते माओवादी केन्द्रको समर्थनमा मुख्यमन्री भएका कँडेल केन्द्रमा कांग्रेस-एमालेका सत्तासमीकरण बनेसँगै माआोवादी केन्द्रले समर्थन फिर्ता लिएको थियो । माओवादीले समर्थन फिर्ता लिएपछि कांग्रेसले विश्वासको मत दिएको हो ।

कुल ४० सदस्य सङ्ख्या रहेको कर्णाली प्रदेशसभामा हाल नेपाली कांग्रेसका १५ (एक निलम्वित) , नेकपा (माओवादी केन्द्र)का १३, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का १०, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रका एक–एक प्रदेशसभा सदस्य छन् ।

प्रकाशित : श्रावण २१, २०८१ १७:५१
×