कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

बर्दियामा महिलाको हत्या

आश्विन २, २०८१

बर्दिया — बर्दियामा बुधबार करिब साढे १२ बजे राति एक महिलाको हत्या भएको छ । बारबर्दिया नगरपालिका–५ तर्कापुरकी ३९ वर्षीया मिना थारुलाई निजकै घरमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।

थारुको उपचारका क्रमममा नगर अस्पताल जयनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी डीएसपी तुल्सीराम अर्यालले बताए ।

हत्या गरी फरार भएका बारबर्दिया–११ जब्दीका ४० वर्षीय पप्पु नामले चिनीने शिव चौधरीलाई मध्यरातमा प्रहरीले पक्राउ गरेको उनले जनाए । उनलाई बारबर्दिया नगरपालिका–५ सिटी बरेलीबाट प्रहरीले पक्राउ गरेको हो । हत्याका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रकाशित : आश्विन २, २०८१ ०७:३४
x
×