कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

माडी खोलामा भेटिएको शवको पहिचान

आश्विन २, २०८१
माडी खोलामा भेटिएको शवको पहिचान

रोल्पा — तीन दिनअघि रोल्पाको माडीखोलामा भेटिएको शवको पहिचान खुलेको छ। प्रहरीले उक्त शव माडी गाउँपालिका-६ कोर्चाबाङ सारिगा गाउँका ७६ वर्षीय वीरसिंह घर्ती मगरको भएको पुष्टि गरेको हो।

प्रहरीका अनुसार उक्त शव भदौ ३१ गते सोमबार बेलुकी साढे ५ बजेतिर रोल्पा नगरपालिका-७ भलानास्थित माडी खोलामा फेला परेको थियो। स्थानीयले प्रहरीलाई सूचना गरेपछि स्थानीयसहितको प्रहरी टोलीले वृद्धको शव पत्ता लगाएको थियो । शवको खोजी गर्न खटिएको माडीचौरस्थित प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक केशरबहादुर घर्तीमगरको नेतृत्वको टोलीले माडी खोलामा वृद्धको शव भेट्टाएको हो।

घटनाबारे थप अनुसन्धान गर्न र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रोहितकुमार शाहीको नेतृत्वमा थप प्रहरी खटाइएको थियो। टोलीले माडी खोलाको किनारामा ढुंगामा अड्किएको अवस्थामा वृद्धको शव भेट्टाएको हो। उक्त शव मंगलबार फेला पारेर सनाखतपछि आफन्तलाई जिम्मा लगाइएको हो।

शव रोल्पा अस्पतालमा ल्याइएपछि मृतककी छोरी माडी गाउँपालिका-५ निवासी ४० वर्षीया विष्णु मगरले सनाखत गरेकी हुन्। प्रहरीले शवको पहिचानपछि पोस्टमार्टम गरेर आफन्तको जिम्मा लगाइएको जनाएको छ। केही दिनअघि ती वृद्ध गाउँमा घुम्ने भनेर घरबाट निस्केको तर त्यसपछि सम्पर्कविहीन भएको परिवारले जनाएको छ।

प्रकाशित : आश्विन २, २०८१ १२:२३
x
×