कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

संविधान रक्षा र कार्यान्वयनको लागि महिला अग्र मोर्चामा रहनुपर्छ : भुसाल

आश्विन ३, २०८१
संविधान रक्षा र कार्यान्वयनको लागि महिला अग्र मोर्चामा रहनुपर्छ : भुसाल

कास्की — नेकपा माओवादी केन्द्रका उपाध्यक्ष पम्फा भुसालले संविधान रक्षा र कार्यान्वयनका लागि महिला अग्र मोर्चामा रहनुपर्ने बताएकी छन् । पोखराको ह्वाइट हाउस पार्टी प्यालेसमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) गण्डकी प्रदेशको प्रथम सम्मेलनको उद्घाटन गर्दै भुसालले अधिकारका लागि विगतका प्रत्येक आन्दोलनमा महिला अग्रस्थानमा रहेको उल्लेख गरिन् ।

पूर्वमन्त्री भुसालले महिलालाई संविधानले ३३ प्रतिशत प्रतिनिधित्व गरे तापनि अब भने ५१ प्रतिशत सहभागिता अनिवार्य रहेको बताइन् ।

उनले तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको 'जनयुद्ध' पनि महिला संघर्षले नै सफल भएको दाबी गरिने । गोरखामा अन्तिम बैठक बसेर जनयुद्धमा होमिएको स्मरण गर्दै उनले जनयुद्धमा हजारौं महिलाको महत्त्वपूर्ण भूमिका रहेको बताइन् ।

संकटकाल घोषणा गर्ने, टाउकाको मूल्य तोक्नेहरू पनि माओवादीका एजेन्डामा अघि बढेको बताउँदै उनले भनिन्, 'संघीय लोकतान्त्रिक गणतन्त्र जनयुद्धले नै ल्याएको हो । आज संविधान दिवस मनाइरहँदा सबैभन्दा बढी हेपिएका, अधिकार खोसिएका महिला, दलित, अपांगलाई सहभागिता गर्न संविधानमा समावेशी र समानुपातिकको व्यवस्था गरिएको हो ।'

गणतन्त्रका विषय उठान गर्दा 'बयलगाढा चढेर अमेरिका पुगिँदैन' भन्नेहरू अहिले संविधानको विरोधमा लागेको उनको आरोप थियो ।

कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारीका ११ जिल्लाका संस्थापक अध्यक्षहरू र तीन जना जेलब्रेकर (कमला नहर्की, नीता विक र सन्जु कुमाल) र घाइते गोमा घिमिरेलाई सम्मान गरिएको थियो । प्रदेशका ११ जिल्लाबाट ५ सय महिला प्रतिनिधि आएका छन् भने, एक हजार न्दा बढी सहभागी रहेको आयोजकले जनाएको छ । सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।

प्रकाशित : आश्विन ३, २०८१ २२:३५
×