कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८२

भन्सार छली गरेको आरोपमा १२ लाख बराबरको सामान बरामद

भाद्र २३, २०८१

नवलपुर — भन्सार छली गरेर ल्याएको करिब १२ लाख रुपैयाँ बराबरको सामान पूर्वी नवलपरासीको कावासोतीमा प्रहरीले बरामद गरेको छ ।

भन्सार छली गरेर बिलभरभाई बिनै सामान ल्याउँदै गरेको सुराकीको आधारमा प्रहरीले कावासोतीको फलफुल चोकमा सवारी जाँच गर्दा उक्त सामान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी बेदबहादुर पौडेलका अनुसार विभिन्न २० प्रकारको सामान बरामद गरेको हो । बरामद भएको सामानमा पित्तलका सामान, मोबाइलका पार्टस्, स्मार्ट वाच, चस्मा, क्रिम लगायतका सामान रहेका छन् ।

बरामद भएको सामानको मूल्य एघार लाख एकहत्तर हजार चार सय रुपैयाँ कायम गरेर पश्चिम नवलपरासीको भन्सार कार्यालय महेशपुर पठाइएको छ ।

प्रकाशित : भाद्र २३, २०८१ १४:३२
×