कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

चितुवाको आक्रमणबाट बन्दिपुरमा एक बालकको मृत्यु

श्रावण ४, २०८१

तनहुँ — चितुवाको आक्रमणबाट बिहीबार साँझ तनहुँमा एक बालकको मृत्यु भएको छ । बन्दिपुर गाउँपालिका–४ सालथानमा बस्ने जितबहादुर अछामीका ११ वर्षीय छोरा सुन्दर अछामीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका अनुसार साँझ सवा ८ बजेको गाईगोठबाट घरतर्फ फर्किने क्रममा चितुवाले बालकलाई आक्रमण गरी घाइते बनाएको थियो ।

घाइते बालकको उपचारको क्रममा बन्दिपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी दीपककुमार रायले बताएका छन् ।

प्रकाशित : श्रावण ४, २०८१ ०७:०३
x
×