कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

खोलामा डुबेर एकको मृत्यु

असार ३०, २०८१
खोलामा डुबेर एकको मृत्यु

तनहुँ — व्यास नगरपालिका-५ स्थित साँगे खोलामा डुबेर एक जनाकाे मृत्युु भएको छ । शनिबार दिउँसो साँगे खाेलामा डुबेर स्थानीय २० वर्षीय शिशिर कुमालकाेे मृत्युु  भएकाे जिल्ला प्रहरी नायव उपरीक्षक दीपककुमार रायले बताए ।

घरदेखि करिब १ किलोमिटर टाढा रहेको साँगे खोलामा डुबेको अवस्थामा स्थानीयले देखी तत्काल उद्दार गरी दमौली अस्पतालमा पुर्‍याउँदा निजको मृत्यु भएको बताइएकाे छ ।

उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार ३०, २०८१ २०:००
x
×