२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

संस्कृतिविद् जोशी र साहित्यकार लाकोजू पुरस्कृत

भाद्र ३०, २०८१
संस्कृतिविद् जोशी र साहित्यकार लाकोजू पुरस्कृत

काभ्रे — संस्कृति शिरोमणि हरिराम जोशी र संस्कृतिविद् एवम् साहित्यकार सूर्यप्रसाद लाकोजू पुरस्कृत भएका छन् । बनेपामा जन्मिएर काभ्रेको शिक्षा, साहित्य र संस्कृति क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका संस्कृतिविद् ज्ञानकाजी मानन्धर र उनका पिता मोहनलाल खिँको स्मृतिमा स्थापित ज्ञानकाजी– मोहनलाल खिं स्मृति सेवा कोषले उनीहरुलाई सम्मान गरेको हो । 

अक्षयकोष स्थापनासँगै पहिलो पटक कोषबाट संस्कृति शिरोमणि जोशी र संस्कृतिविद् लाकोजू सम्मानित भएका हुन् । सम्मानितमध्ये जोशीलाई ज्ञानकाजी– मोहनलाल खिं इतिहास गौरव सम्मान र साहित्यकार एवम् संस्कृतिविद् सूर्यप्रसाद लाकोजूलाई ज्ञानकाजी– मोहनलाल खिं संस्कृति गौरव सम्मान प्रदान गरिएको हो ।

दुवैलाई नगद १५ हजारसहित सम्मान गरिएको थियो । सो सम्मान कार्यक्रममा प्रा डा. पुरूषोत्तमलोचन श्रेष्ठले मानिसलाई चिरकालसम्म चिनाउने उसको कर्म हुने उल्लेख गर्दै स्व. ज्ञानकाजी मानन्धर काभ्रे अध्ययनका लागि स्रोत व्यक्ति रहेको बताए । उनले इतिहास र संस्कृतिमा स्व. मानन्धरको योगदान प्रकाशित कृतिले प्रष्ट पारेको जनाए ।

संस्कृतिविद ज्ञानकाजी मानन्धरको २०८० भदौ ८ गते देहावसान भएको थियो । उनको वार्षिकीको अवसरमा परिवारका तर्फबाट स्मृति कोष स्थापना गरेको स्व. मानन्धरका छोरा भुवनकाजी मानन्धरले बताए ।

प्रकाशित : भाद्र ३०, २०८१ १६:४१
×