कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

नागढुंगा–नौबिसे सडक दुईतर्फी सञ्चालन

नागढुंगा–नौबिसे सडक दुईतर्फी सञ्चालन

काठमाडौँ — नागढुंगा–नौबिसे सडक दुइतर्फी रुपमा सञ्चालनमा आएको छ । पहिरोले बुधबार दिनभर अवरुद्ध भएको उक्त सडक खण्ड त्यही दिन साँझबाट एकतर्फी रूपमा सञ्चालनमा आएको थियो । 

पानी पर्ने र ट्राफिक जामले गर्दा समयमै पहिरो पन्छाउन नसक्दा सडक दुईतर्फी रुपमा सञ्चालन हुन सकेको थिएन । नागढुंगादेखि ७ सय मिटर तल नौबिसे खण्डतर्फ पहिरो खसेको थियो ।

शुक्रबार साँझ पौने ५ बजेबाट सडक दुईतर्फी रुपमा सञ्चालनमा आएको नागढुंगा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख ईश्वरबहादुर रिजालले बताए । ‘अहिले सबै पहिरो पन्छाइएको छ, पहिरो झर्नेक्रम नरोकिएकाले पन्छाउन समय लागेको हो,’ उनले भने, ‘पानी परे पहिरो खस्ने जोखिम कायमै छ, प्राविधिक र मेसिन तयारी अवस्थामा राखिएको छ ।’

एकतर्फी सडकका कारण काठमाडौं भित्रिने र बाहिरिने हजारौं यात्रु ट्राफिक जामको सास्ती खेप्न बाध्य थिए ।

प्रकाशित : भाद्र ७, २०८१ १७:१०
x
×