कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

सडक भाँसिदा पासाङल्हामु मार्ग अवरुद्ध 

श्रावण १०, २०८१

रसुवा — रसुवास्थित उत्तरगया गाउँपालिका-५ बनुवा घुम्तिमा सडक भाँसिदा पासाङल्हामु मार्गको रसुवा खण्ड अवरुद्ध भएको छ । बुधबार रातिको अविरल वर्षाले उक्त सडक खण्ड भाँसिएका कारण यातायात अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा रसुवागढी नाकाबाट सामान लोड भएर आएका कन्टेनर, बस, ट्रकलगायत सवारीसाधन बाटोमा रोकिएका छन् ।मोटरसाइकल र साना गाडी मात्रै चलेका छन् भने ठूला सवारीसाधन चलाउन रोक लगाइएको प्रमुख जिल्ला अधिकारी बेदनिधी खनालले बताए ।

'भाँसिएको सडक खण्ड निर्माण तथा वैकल्पिक मार्गबाट यातायात सञ्चालन गर्न प्रयास भइरहेको छ,' उनले भने । यसअघि ०७९ साउन २५ मा पहिरो गएर करिब २ महिनाभन्दा बढी सडक अवरुद्ध भएको थियो । उक्त स्थानमा लगाएको तारजाली पुनः भाँसिएर सडक अवरुद्ध भएको हो ।

प्रकाशित : श्रावण १०, २०८१ ०९:४१
x
×