कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

मानवअधिकारसँग जोडिएको विधेयक ल्याउन मुख्यमन्त्री सिंहको ध्यानाकर्षण

भाद्र १९, २०८१
मानवअधिकारसँग जोडिएको विधेयक ल्याउन मुख्यमन्त्री सिंहको ध्यानाकर्षण

जनकपुर — मानवअधिकार रक्षकको सुरक्षा र संरक्षण तथा सहिद प्रतिष्ठानसँग जोडिएका दुई विधेयकलाई अगाडि बढाउन मधेश प्रदेशमा सक्रिय मानवअधिकारकर्मीले मुख्यमन्त्री सतिशकुमार सिंहको ध्यानाकर्षण गराएका छन् ।

जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार मुख्यमन्त्री सिंहलाई भेटेर मानवअधिकारकर्मीले मधेश सहिद प्रतिष्ठानले मधेशलगायत आन्दोलनका सहिद तथा घाइतेलाई मात्र समेटेकोमा सो संस्थाको कार्यक्षेत्रभित्र अन्य बेलाका सहिद, घाइते र द्वन्द्वपीडितलाई राख्नेगरी कानुन ल्याउन माग गरे । उनीहरूले मानवअधिकार रक्षकको सुरक्षा र संरक्षणसम्बन्धी कानुनलाई समेत अगाडि बढाउन मुख्यमन्त्री सिंहलाई आग्रह गरे ।

विभिन्न चरणमा छलफल भई दुवै कानुनका मस्यौदाले अन्तिम रूप लिइसकेको र केही कानुनी प्रक्रियासमेत अघि बढिसकेको भन्दै छिटो दुवै विधेयक पारित गराउन उनीहरूले मुख्यमन्त्री सिंहको ध्यानाकर्षण गराए ।

मुख्यमन्त्री सिंहले कानुनको मस्यौदामा थप परिमार्जन गर्न दुवै विधेयकलाई सम्बद्ध मन्त्रालय र निकायमा पठाई विधेयकलाई अघि बढाइने बताए ।

प्रकाशित : भाद्र १९, २०८१ १८:३२
x
×