कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

जनकपुर व्यापार संघको अध्यक्षमा भण्डारी निर्वाचित

भाद्र ३०, २०८१
जनकपुर व्यापार संघको अध्यक्षमा भण्डारी निर्वाचित

जनकपुर — जनकपुर उद्योग, वाणिज्य संघको अध्यक्षमा सुरेन्द्र भण्डारी निर्वाचित भएका छन् । उनले १ हजार ६ सय ४४ सय मत ल्याई विजयी भएका हुन् । उनी एमाले समर्थित हुन् ।

भण्डारीले कांग्रेस समर्थित अध्यक्षका उम्मेदवार मनिषरमण साहलाई पराजित गरेका छन् । साहले १ हजार ५ सय ७२ मत ल्याए । साह, जनकपुर उद्योग, वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष थिए ।

यसअघिको चुनावमा वरिष्ठ उपाध्यक्षमा साहले भण्डारीलाई पराजित गरेको थिए । यस्तै, अध्यक्ष पदका अर्का उम्मेदवार जितेन्द्रप्रसाद साहले २ सय ८८ मत ल्याएका छन् । अध्यक्ष पदमा ६४ मत भने बदर भएका छन् ।

जनकपुर व्यापार संघको नयाँ नेतृत्वका लागि शनिबार अबेरसम्म मतदान भएको थियो । मतगणना आइतबार विहानदेखि थालिएको हो । शनिबार अबेर साँझसम्म भएको मतदानमा ३ हजार ५ सय ७२ मत खसेको थियो । जनकपुर उद्योग, वाणिज्य संघका ४ हजार ६५ मतदाता छन् ।

निर्वाचन समितिका अनुसार पहिलो चरणमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र महिला उपाध्यक्षको मतगणना गरिएको छ । दोस्रो चरणमा महासचिव, सचिव, कोषाध्यक्ष र सदस्यको मतगणना हुनेछ ।

प्रकाशित : भाद्र ३०, २०८१ १२:२३
×