कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०

सिरहाबाट स्रोत नखुलेको १६ लाखसहित एक पक्राउ

आश्विन २, २०८१
सिरहाबाट स्रोत नखुलेको १६ लाखसहित एक पक्राउ

सिरहा — सिरहाबाट स्रोत नखुलेको रकमसहित एक जना पक्राउ परेका छन् । सिरहा प्रहरीले स्रोत नखुलेको १६ लाख रुपैयाँसहित बुधबार बिहान एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बरियारपट्टी गाउँपालिका-२ खोक्सिटोलका ४८ वर्षीय ललित दास छन् । उनलाई बरियारपट्टी गाउँपालिका-१ गोरगम्माबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

स्रोत नखुलेको रकमसहित दास भारतबाट आइरहेको सूचना पाएपछि प्रहरीले जाँच गर्दा कम्मरमा बाँधिएको सेतो गम्छामा राखिएको रकम बरामद भएको सिरहाका प्रहरी प्रमुख रमेश पण्डितले बताए । उनका अनुसार दासको साथबाट १ हजार वटा हजारका नोट र १२ सयवटा ५ सयका नोट बरामद भएको छ ।

साथै प्रहरीले उनी सवार स १० प ९८५३ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय, महेशपुरपत्तारमा राखेर थप अनुसन्धान भइरहेको पण्डितले बताए ।

प्रकाशित : आश्विन २, २०८१ १९:१२
x
×