कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

बर्दिवासमा दसैं सस्तो बजार लाग्दै

आश्विन ३, २०८१

महोत्तरी — महोत्तरीको बर्दिवासमा चाडपर्व लक्षित दसैं सस्तो बजार लाग्ने भएको छ । उद्योग वाणिज्य संघ बर्दिवासको आयोजनामा सस्तो बजार लाग्न लागेको वाणिज्य संघ बर्दिवासले बिहीबार पत्रकार सम्मेलनमार्फत जनाएको हो

असोज १६ देखि २५ गतेसम्म सस्तो बजार लाग्ने व्यापार संघका अध्यक्ष विष्णु खड्काले जानकारी दिए । सस्तो बजारमा खाद्यान्न, लत्ताकपडा र जुत्ता चप्पलका ६० वटा स्टल राखिने उनले बताए ।

बर्दिवास-१४ स्थित औरही रोडको तरकारी बजारमा लाग्ने सस्तो बजारमा बर्दिवासभित्रक व्यवसायीहरुको मात्रै स्टल रहने संघका महासचिव उत्तम श्रेष्ठले बताए ।

प्रकाशित : आश्विन ३, २०८१ १४:३५
×