कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

३ किलो चरेससहित भारतीय नागरिक पक्राउ

आश्विन २, २०८१
३ किलो चरेससहित भारतीय नागरिक पक्राउ

वीरगन्ज — पर्सा प्रहरीले एक जना भारतीय नागरिकलाई करिब ३ किलो लागूऔषध चरेससहित पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा प्रहरीले वीरगन्ज महानगरपालिका–२ छपकैयास्थित डम्पिङ साइडनजिकै मंगलबार शंकास्पद व्यक्तिको खनतलासी गर्दा चरेस बरामद भएको हो । डपिङ साइडमा चरेस खरिद बिक्री भइरहेको सूचना आएपछि प्रहरी परिचालन गरिएको थियो ।

भारत उत्तर प्रदेशको अगरा कुडोल फतेहावाद बस्ने ४२ वर्षीय गोपाल गिरीले बाँकेको प्लास्टिकको झोलाभित्र २ किलो ९६० ग्राम चरेस फेला परेको प्रहरी नायब उपरीक्षक दीपक भारतीले जनाए ।

गिरीलाई नियन्त्रणमा लिई लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित : आश्विन २, २०८१ १२:५७
x
×