कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

सामाजिक सन्जालको दुरुपयोगको आरोपमा युवक पक्राउ 

आश्विन १, २०८१
सामाजिक सन्जालको दुरुपयोगको आरोपमा युवक पक्राउ 

पर्सा — सामाजिक सञ्जाल दुरुपयोगको आरोपमा पर्सा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१५ लक्ष्मणवाका २१ वर्षीय ओमकुमार पटेल छन् । 

फेसबुक, टिकटक, इन्स्टाग्राम, ट्विटर, ह्वाट्सएप, म्यासेन्जर आदिमा ‘किङ अफ पर्सा’ भन्ने आइडी बनाई त्यसमार्फत गाली गर्ने, हाततियार प्रदर्शन गरी डरत्रास देखाउनेजस्ता अराजक क्रियाकलापमा सलंग्न रहेको आरोपमा मंगलबार पटेललाई वीरगञ्ज– १५ प्रतिमाचोक नजिकबाट पक्राउ गरिएको हो । उनीविरूद्ध सार्वजनिक शान्ति विरुद्धको कसूरमा थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीका प्रवक्ता डीएसपी दीपक भारतीले जानकारी दिए । यस्ता गतिविधिहरूमा संलग्न अन्य व्यक्तिहरूको पहिचान भैसकेको हुँदा उनीहरुलाई तदारूकताका साथ खोजतलास कार्य भइरहेको उनले बताए ।

प्रकाशित : आश्विन १, २०८१ १८:३७
x
×