कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

लोसपा मधेश प्रदेश संसदीय दलको नेतामा सोनल

भाद्र ३०, २०८१
लोसपा मधेश प्रदेश संसदीय दलको नेतामा सोनल

जनकपुर — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को मधेश प्रदेश संसदीय दलको नेतामा जितेन्द्र सोनल नियुक्त भएका छन् । लोसपाले सोनललाई आइतबार मधेश प्रदेशसभाको संसदीय दलका नेतामा नियुक्त गरेको हो । 

बारा निर्वाचन क्षेत्रबाट प्रदेशसभामा निर्वाचित सोनल लोसपाका मधेश प्रदेश अध्यक्ष पनि हुन् । यसअघि संसदीय दलका नेता रहेका प्रदेश सांसद अभिराम शर्मा

सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा अदालतबाट दोषी ठहर भएपछि प्रदेशसभा सचिवालयले उनलाई निलम्बन गरेको थियो । अदालतले दोषी ठहर गरेदेखि नै शर्मा सम्पर्कविहीन छन् ।

लामो समयदेखि खाली रहेको लोसपाको मधेश प्रदेश संसदीय दलको नेता सोनललाई ल्याइएको छ । मधेश प्रदेशसभामा लोसपाका हाल ८ जना सांसद छन् । जनमत नेतृत्वमा सरकारमा लोसपाको सहभागिता पनि छ ।

प्रकाशित : भाद्र ३०, २०८१ १६:४१
×