कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

वीरगन्जमा पर्चा–पम्पलेट र होर्डिङबोर्डमा रोक

भाद्र १९, २०८१
वीरगन्जमा पर्चा–पम्पलेट र होर्डिङबोर्डमा रोक

वीरगन्ज — वीरगन्ज महानगरपालिकाले सडकका पोल र भित्तामा जथाभावी पर्चा–पम्पलेट टाँस्न रोक लगाएको छ । महानगरलाई कुरुप बनाएको भन्दै पर्चा–पम्पलेट र होर्डिङ बोर्ड राख्न रोक लगाएको हो ।

पछिल्लो समय वीरगन्ज सहरमा विभिन्न कम्पनी र कलेजहरूले विज्ञापनका लागि पर्चा–पम्पलेट विद्युत् पोल र भवनका भित्तामा टाँस्ने गरेकाले सहरलाई अशोभनीय बनाएको महानगरको दाबी छ ।

महानगरका सरसफाइ कर्मचारीले मंगलबार सहरका विभिन्न भागमा रहेका भवनका भित्ता र विद्युत् पोलमा टाँसिएका पर्चा र पम्पलेट निकालेर सफा गरेका छन् । महानगरपालिकाका अनुसार अब कुनै पनि व्यक्ति वा संस्थाले बिनाअनुमति जथाभावी रुपमा पर्चा, पम्पलेट र होर्डिङ बोर्ड लगाउन पाउने छैनन् । अटेर गरे कारवाही अभियान गरिने महानगरको सरसफाइ शाखा प्रमुख सर्फुद्दिन मियाँले बताए ।

प्रकाशित : भाद्र १९, २०८१ १८:०६
x
×