कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सिरहाको गोलबजारमा लुटपाट

भाद्र १८, २०८१

सिरहा — सिरहाको गोलबजार नगरपालिका-१ मुक्सार बैहिरीवानमा लुटपाट भएको छ । लुटेराको एक समूहले गएराति एक घरमा कुटपिट गर्दै लुटपाट गरेको हो ।

स्थानीय जागेश्वर रामको घरमा राती १२ बजेको आसपासमा १२-१५ जनाको समूहमा आएका लुटेराहरूले १२ हजार नगद, सुन र चाँदीका गहना लुटेर लगेका हुन् ।

लुटेरा समूहले आफूलाई कुटपिट गरी आफ्नो मोबाइल नियन्त्रणमा लिएर नगद, चाँदी र सुनका गहना लुटेर लगेको जागेश्वरले बताए । घटनालगत्तै नजिकै मुक्सारमै रहेको प्रहरी चौकीमा फोन गरे पनि ४ बजे बिहान मात्र प्रहरी आएको उनले बताएका छन् ।

इलाका प्रहरी कार्यालय, गोलबजारले भने सामान्य चोरीको घटना भएको बताएको छ । सामान्य चोरीको घटना भएको र यस विषयमा अनुसन्धान भइरहेको गोलबजारका प्रहरी प्रमुख प्रहरी निरीक्षक सुनिल कार्कीले बताए ।

प्रकाशित : भाद्र १८, २०८१ ०८:४२
x
×