कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

माइक्रोबसको ठक्करले बालकको मृत्यु, राजमार्ग अवरुद्ध

भाद्र ३०, २०८१
माइक्रोबसको ठक्करले बालकको मृत्यु, राजमार्ग अवरुद्ध

राजविराज — पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका- १ स्थित भारदहमा माइक्रोबसको ठक्करले  आइतबार एक बालकको मृत्यु भएको छ ।

राजविराजबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–००२–००१ज ३८६६ नम्बरको माइक्रोबसले भारदहको कंकालिनी मन्दिरअगाडि ठक्कर दिँदा १५ महिने आर्दश अधिकारिको मृत्यु भएको छ ।

पैदलयात्री भारदह निवासी-४५ वर्षीया अनितादेवी अधिकारी र निजका १५ महिने नाति आदर्श गम्भीर घाइते भएका थिए । उपचारका क्रममा आर्दशको विराटनगरमा मृत्यु भएको हो ।

अनितादेवीको खुट्टासहित शरीरका अन्य भागमा चोट लागेको छ भने उनको काखमा रहेका नाति आदर्शको टाउकोमा गम्भीर चोट लागेको थियो ।

तीव्र गतिमा रहेको माइक्रोबस चालकको लापर्बाहीले दुर्घटना भएको भन्दै स्थानीयले क्षतिपूर्तिको मागसहित बिहान ८ बजेदेखि सडकमा टायर बालेर पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

प्रकाशित : भाद्र ३०, २०८१ ११:३५
×