कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दुर्घटनामा युवकको मृत्यु भएपछि आईसीपी सडकमा प्रदर्शन

भाद्र २८, २०८१
दुर्घटनामा युवकको मृत्यु भएपछि आईसीपी सडकमा प्रदर्शन

वीरगन्ज — शुक्रबार बिहानदेखि वीरगन्ज महानगरपालिका –१७ अलौँ स्थित एकीकृत जाँच चौकी (आईसीपी) सडकमा स्थानीयले टायर बालेर प्रदर्शन गरेका छन् । बिहीबार सोही सडकमा ट्यांकरको ठक्करले गम्भीर घाइते भएका अलौका २२ वर्षीय टिनुकुमार साह तुराहाको उपचारका क्रममा मृत्यु भएपछि स्थानीयले विरोध प्रदर्शन गरेका हुन् । 

प्रदर्शनकारीले ठक्कर दिने ट्यांकर चालकलाई कारबाही र मृतकका परिवारलाई क्षतिपूर्तिको माग राखेका छन् । बिहीबार दिउँसो करिब साढे ३ बजेतिर ना ६ ख ७५०३ नम्बरको ट्यांकरको ठक्करले ना २९ प ६९५१ नम्बरको मोटरसाइकल चालक तुराहा गम्भीर घाइते भएका छन् ।

उपचारका क्रममा राति उनको मृत्यु भएको पर्सा प्रहरी प्रवक्ता दीपक भारतीले जनाएका छन् । ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

टायर बालेर बिहान सडक अवरुद्ध गरेका स्थानीय र सुरक्षाकर्मीबीच झडप समेत भएको थियो । प्रदर्शनका कारण सवारी साधनको आवागमन ठप्प बनेको छ ।

प्रकाशित : भाद्र २८, २०८१ १२:५९
×