कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

जनकपुर व्यापार संघले नयाँ नेतृत्व छान्दै

भाद्र २९, २०८१
जनकपुर व्यापार संघले नयाँ नेतृत्व छान्दै

जनकपुर — जनकपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुँदैछ । संघको जनकपुरस्थित कार्यालयमा बिहान ८ बजेदेखि मतदान सुरु भएको मतदान प्रमुख ललित साहले जानकारी दिए ।

जनकपुर उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि ३ जना उम्मेदवार अध्यक्षमा भिडेका छन् । संघका वरिष्ठ उपाध्यक्ष मनिष रमण साह, सुरेन्द्र भण्डारी र जितेन्द्र प्रसाद साहले अध्यक्षमा उम्मेदवारी दिएका छन् । अध्यक्षका यी तीनैजना उम्मेदवारले शुक्रबार अपरान्ह जनकपुरमा शक्ति प्रदर्शन गरेका थिए ।

यस्तै, व्यापार संघको चुनावले वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र ६ जना सदस्यलाई निर्वाचित गराउने छ । व्यापारीहरुको चुनावमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित : भाद्र २९, २०८१ ०९:०७
×