कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

मधेश प्रदेशमा थपिए पाँच राज्यमन्त्री

श्रावण २२, २०८१
मधेश प्रदेशमा थपिए पाँच राज्यमन्त्री

धनुषा — मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री सिंहले नेपाली कांग्रेसबाट २, नेकपा एमाले, जनमत पार्टी र लोसपाका १/१ राज्यमन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । नवनियुक्त राज्यमन्त्रीहरुले शपथ लिएका छन् ।  

एमालेका मोहम्मद जैद आलमलाई भौतिक पूर्वाधार विकास राज्यमन्त्री, लोसपाका रामबाबु यादवलाई शिक्षा तथा संस्कृति राज्यमन्त्री र जनमतका शम्भूकुमार साहलाई उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्रीमा पद तथा गोपनियताको शपथ लिएका हुन् । कांग्रेसको तर्फबाट रेखा ठाकुर भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र निलमकुमारी रजकलाई उर्जा, सिँचाई तथा खानेपानी राज्यमन्त्रीको शपथ लिएका छन् ।

मधेशमा ५ राज्यमन्त्री थपिएपछि २० सदस्यीय मन्त्रिपरिषद् बनेको छ । यसअघि मुख्यमन्त्रीसहित १२ मन्त्री र ३ राज्यमन्त्रीमात्रै थिए ।

प्रकाशित : श्रावण २२, २०८१ १८:३६
×