कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

पोखरीमा डुबेर दाजुबहिनीको मृत्यु

भाद्र १०, २०८१
पोखरीमा डुबेर दाजुबहिनीको मृत्यु

खोटाङ — पोखरीमा डुबेर हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा एकै घरका दाजुबहिनीको पोखरीमा डुबेर मृत्यु भएको छ ।

च्यास्मिटार वाङ्‌मा बस्ने गइन्द्र राईका छोरा ६ वर्षीय संगम राई र छोरी ३ वर्षीया समृद्धि राईको सोमबार पोखरीमा डुबेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार छोराछोरी दिउँसो दुई बजेतिर हराएपछि खोज्ने क्रममा आमा ममता राईले भुतिया खोलाको नजिक बनाइएको सिचाइँ पोखरीमा डुबिरहेको अवस्थामा फेला पारेको र घरमा ल्याउनासाथ मृत्यु भएको हो ।

घटनास्थलतर्फ डीएसपी खड्काको नेतृत्वमा प्रहरी खटिएका छन् । ‘हामी बाटैमा छौँ,' डीएसपी खड्काले भने, ‘पुगेपछि कानुनी प्रक्रिया पूरा गरेर उनीहरूको शव पोष्ट मार्टमका लागि जिल्ला अस्पताल ल्याइने छ ।’

गइन्द्र भने वैदेशिक रोजगारीमा छन् ।

प्रकाशित : भाद्र १०, २०८१ २१:५९
x
×