कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

कोशीमा मन्त्रालय थपिँदैन : मुख्यमन्त्री कार्की

कोशीमा मन्त्रालय थपिँदैन : मुख्यमन्त्री कार्की

विराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा मन्त्रालय नबढाउने बताएका छन् । यसअघि नेपाली कांग्रेसलाई सरकारमा सामेल गर्न मन्त्रालय थप्ने संकेत दिएका मुख्यमन्त्री कार्कीले आइतबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भने, 'सरकार विस्तार गर्दा मन्त्रालय बढ्दैन ।'

कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही दिनअघि मन्त्रालय नफुटाउने भनेर जानकारी गराएको भन्दै कार्कीले प्रदेशस्तरका कांग्रेस नेताहरुसँग पनि मन्त्रालय नफुटाउनेबारे कुराकानी भएको बताए । उनले थपे, ‘हामी मन्त्रालय बढाउने पक्षमा छैनौं, केही समयअघि भएको सहमतिबमोजिम मुख्यमन्त्रीसहित एमालेले ५ र कांग्रेसले ४ मन्त्रालय पाउँछ ।’

मुख्यमन्त्री कार्कीले एक/दुई दिनभित्रै सरकार विस्तार हुने दाबी गरे । 'कांग्रेसले मन्त्रीको नाम टुंगिनेबित्तिकै कांग्रेसले नाम दिनेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुन्छ', कार्कीले भने ।

प्रकाशित : भाद्र ९, २०८१ १६:०७
x
×