कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७५

कुनै योजना खारेज नगरेको मुख्यमन्त्री कार्कीको दाबी 

भाद्र २६, २०८१
कुनै योजना खारेज नगरेको मुख्यमन्त्री कार्कीको दाबी 

सुनसरी — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पूर्ववर्ती सरकारले ल्याएका योजनाहरु आफूले खारेज नगरेको दाबी गरेका छन् । आफ्ना योजनाहरुको निरन्तरताको माग राख्दै पूर्वमुख्यमन्त्री केदार कार्की मंगलबारदेखि अनशनमा बसेका छन् ।

तर पूर्वमुख्यमन्त्री कार्कीले खारेज गरिएको भनी सार्वजनिक गरेका कुनै पनि योजनाहरु आफूले खारेज नगरेको मुख्यमन्त्री कार्कीले दाबी गरेका हुन् ।

सुनसरीको इटहरीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले भने, ‘उहाँले जुन माग सार्वजनिक गर्नुभएको छ, ती मागहरुका विषयमा हामीले कुनै पनि योजनाहरु खारेज गरेका छैनौं,’ उनले भने, ‘उहाँले जुन पाँच/सात वटा योजना सार्वजनिक गर्नु भएको छ । ती सबै योजना छन् ।’

मुख्यमन्त्री कार्कीले प्रहरीले पूर्वमुख्यमन्त्री कार्कीलाई गरिएको धरपकडका विषयमा भने कुनै प्रतिक्रिया दिएनन् । यातायात व्यवस्था कार्यालय इटहरीमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजित अस्थायी सवारी चालक अनुमतिपत्र वितरण कार्यक्रममा पनि मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले गरेका राम्रा कामलाई आझेलमा पार्दै भ्रम फैलाउन खोजिएको आरोप लगाएका थिए ।

प्रदेश सरकारले राम्रो काम गरिरहेको भए पनि त्यसलाई ओझेलमा पार्न दुस्प्रचारका कामहरु भएको उनले बताए । मुख्यमन्त्री कार्कीले सञ्चारकर्मीलाई पनि प्रदेश सरकारले गरेका राम्रा कामको प्रचार गर्न आग्रह गरेका थिए ।

प्रकाशित : भाद्र २६, २०८१ १८:३०
×