कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

अस्थायी सवारी लाइसेन्स वितरण सुरु

भाद्र २६, २०८१
अस्थायी सवारी लाइसेन्स वितरण सुरु

इटहरी — कोशी प्रदेशका सवारी चालकहरुलाई खुसीको खबर छ । अब ट्रायल पास गरेपछि लामो समयसम्म लाइसेन्स कुर्नु पर्दैन । किन भने कोशी प्रदेश सरकारले बुधबारदेखि ट्रायल लगत्तै सवारी लाइसेन्स उपलव्ध गराउन थालेको छ ।

स्मार्ट लाइसेन्सका लागि सवारी चालकहरुले तीन वर्षसम्म कुर्नु पर्ने बाध्यता थियो । अब त्यो झन्झटको पनि अन्त्य भएको छ ।

मुख्यमन्त्री हिक्मतबहादुर कार्की र आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीले इटहरीस्थित यातायात व्यवस्था कार्यालयमा आयोजित एक समारोहबीच सेवाग्राहीलाई अस्थायी लाइसेन्स प्रदान गरे ।

मुख्यमन्त्री कार्कीले भने, ‘प्रदेशका नागरिकको हित र सुविधालाई मध्यनजर गर्दै ट्रायल पास भएलगत्तै लाइसेन्स उपलव्ध गर्ने काम सुरु गरेका हौँ।’ आन्तरिक मामिला तथा कानुन मन्त्री घिमिरेले यातायात व्यवस्था विभागले अस्थायी लाइसेन्स वितरणका लागि गरेको प्राविधिक सहयोगको प्रसंशा गर्दै चाँडै स्मार्ट लाइसेन्स छाप्ने तयारी भइरहेको दावी गरे ।

गत साउन ३२ गते सात वटै प्रदेशका यातायात व्यवस्था मन्त्रालयका मन्त्रीहरुको संयुक्त बैठकले सवारी चालक अनुमतिपत्रको स्थायी कार्ड प्रदेशबाटै छाप्ने र स्थायी कार्ड छाप्ने व्यवस्थापन गर्न लाग्ने समयसम्म क्युआर कोड सहितको अस्थायी सवारी चालक अनुमतिपत्रको कार्ड छाप्ने निर्णय गरेको थियो । सोही अनुसार अस्थायी लाइसेन्सको वितरण कोशीले थालनी गरेको हो ।

कोशी प्रदेशमा सवारी चालक अनुमतिपत्र जारी गर्ने यातायात व्यवस्था सेवा कार्यालयहरू ७ वटा छन् । नयाँ, थप र प्रतिलिपीसमेत गरी अहिले कोशी प्रदेशबाट मासिक १८ हजार सवारी चालक अनुमतिपत्रको लागि निवेदन आउने गरेको छ ।

जसमा यातायात व्यवस्था विभागले स्थायी (स्मार्ट) कार्ड छाप्न ढिलाइ गरेपछि सेवाग्राहीहरु पैसा तिरेको रसिद बोकेर सवारी कुदाउन वाध्य छन् ।

प्रकाशित : भाद्र २६, २०८१ १८:२६
×