कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८०

संखुवासभामा मनाइयो रोपाइँ जात्रा

भाद्र ५, २०८१
संखुवासभामा मनाइयो रोपाइँ जात्रा

संखुवासभा — सांस्कृतिक महत्वको रोपाइँ जात्रा बुधबार सदरमुकाम खाँदबारीसहित चैनपुर, स्याबुन लगायत गाउँ-गाउँमा विशेष उत्सवका रुपमा मनाइएको छ । 

प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट रोपाइँ जात्रा मनाउने चलन छ । यहाँको नेवा देय दबुको संयोजनमा विशेष उत्सवका रुपमा यो जात्रा मनाइन्छ । बुधबार पनि दबुले धिमे बाजा लगायत नेवारी संस्कृतिका नृत्य प्रस्तुत गरेको थियो ।

चैनपुर र खाँदबारीमा आयोजित जात्रालाई एकताको पर्व बनाउन अन्य जातजातिको समेत संस्कृति प्रदर्शन गरिएको थियो । जात्रामा हास्य व्यङ्ग्य र नेवार समुदायको लाखे नाच, रोपाइँ नाच र मारुनी नाच प्रदर्शन गरिएको थियो ।

रोपाइँ जात्रा विशेषत रोपाइँ सकिएको अवसरमा मनाइने गरेको स्थानीय बताउँछन् ।

प्रकाशित : भाद्र ५, २०८१ १९:१५
x
×