कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

अशान्त बन्दै मोरङ कारागार

अशान्त बन्दै मोरङ कारागार

विराटनगर — अपहरण तथा शरीर बन्धक मुद्दामा कैद भुक्तानी गरिरहेका विराटनगरका अभिषेक गिरीका नाममा मोरङ कारागार एक महिनादेखि अशान्त बन्दै आएको छ । 

डिल्लीबजार कारागारमा रहेका गिरीलाई विभागले भदौ १७ गते मोरङ पठाउने निर्णय गरेको थियो ।

उनलाई मोरङ सरुवा गरेको कारागार व्यवस्थापन विभागको निर्णय बाहिर आउनासाथ कारागारका कैदी बन्दी आन्दोलनमा उत्रिए । विराटनगरको देवकोटा चोकका गिरी यसअघि मोरङमै रहँदा कारागारका चौकीदार थिए । त्यसबेला उनले कैदीबन्दीलाई यातना दिएको र भित्रबाटै असुली र फिरौती धन्दा चलाएको भन्दै कारागार विभागले २०७४ चैतमा डिल्ली बजार कारागार सरुवा गरेको थियो ।

कांग्रेस निकट गिरी शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएलगत्तै गृहमन्त्री बालकृष्ण खाँणको पहलमा उनलाई मोरङ पठाएको स्रोतको दाबी छ । उनलाई कारागारका चौकीदार बनाउने प्रशासनको तयारी थियो । गिरीलाई मोरङ ल्याउने तयारीका लागि कारागार प्रशासनले त्यसबेलाका चौकीदार गिरी विरोधी नवीन राईलाई झुम्का कारागार सुरुवा गरिएको थियो । तर विभागको निर्णय तत्काल कार्यान्वयन नहुँदा कर्तव्य ज्यान मुद्दाका दोषी किरण गुरुङलाई चौकीदार बनाइएको थियो ।

मोरङ कारागारमा कैदीबन्दीबीच झडप, ६ जना घाइते

गुरुङ चौकीदार भएपछि गिरीलाई मोरङ ल्याइयो । तर त्यसको विरोधमा कैदीबन्दी आन्दोलनमा उत्रिए । गिरीलाई कारागार प्रशासनले भित्र छिराउनै नसकेपछि उनलाई सप्तरी कारागार पठायो । गिरीलाई झुम्का र झापा कारागारले लिन नमानेपछि सप्तरी पठाइएको स्रोतको भनाइ छ ।

गिरीलाई सप्तरी पठाएपछि मोरङ कारागारमा गिरी पक्ष र विपक्षीका कैदीबन्दीबीच अघिल्लो मंगलवार दोहोरो झडप भयो । झडपमा चौकीदार गुरुङसहित ६ जना घाइते भए ।

यो पनि पढ्नुहोस्ः

प्रकाशित : मंसिर १, २०७८ ०८:२३
×