कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

गगनलाई छेउ लगाउने बाटो

भाद्र १८, २०८१

घनीभूत छलफल र लामो बहसपछि कांग्रेस महामन्त्री गगन थापाले गएको फागुनमा भएको पार्टीको महासमिति बैठकमा पेस गरेको चुनावी गठबन्धन नगर्ने भन्ने प्रस्तावमा पार्टीको केन्द्रीय कार्यसमिति बैठकले टुङ्गो लगाएको छ । तथापि थापाले उल्लेख गरेको भाषा र शब्दावली हुबहु पारित हुन भने सकेन । गठबन्धन भन्ने शब्द हटाएर कांग्रेस एक्लैले बहुमत ल्याउन सक्ने गरी चुनावमा जाने भन्ने आशयको भाषालाई समावेश गरी थापाले महासमिति बैठकमा पेस गरेको संगठन प्रतिवेदनको किनारा लगाएको छ ।

यो प्रस्तावको किनारा लागेसँगै थापाको प्रतिवेदन अब कांग्रेस पार्टीको प्रस्ताव बनेको छ । थापाले प्रतिवेदनमा समावेश गरेको गठबन्धन भन्ने शब्दलाई हटाएर अझै पनि परिआएको खण्डमा अन्य दलसँग गठबन्धन गर्न सकिने भन्ने बाटो राखेको पाइन्छ । गठबन्धन भन्ने शब्दलाई कांग्रेसले सहर्ष स्वीकार गर्न नसक्नुले नै यसलाई पुष्टि गर्छ । यदि कांग्रेसजनमा एक्लै निर्वाचन लडेर बहुमत ल्याउन सकिन्छ भन्ने आँट भएको थियो भने थापाको प्रस्ताव आजसम्म गिजोलिने नै थिएन ।

महासमिति बैठकबाटै यसको छिनोफानो हुने थियो । पार्टीको बैठकबाट पारित भइसकेको प्रस्तावलाई अझै पनि संस्थापन पक्षधर नेताहरूले सहजै स्वीकार गर्न सकेको पाइँदैन, उनीहरू यसको पक्षमा अझै पनि खुलस्त भएर आउन सकेका छैनन् । यसर्थ थापाको उक्त प्रतिवेदनमा प्रयोग भएको भाषालाई परिमार्जन गर्नु भनेको चुनावी गठबन्धनको बाटो खुलै राखेर थापालाई छेउ लगाउने उपाय हो भनेर बुझ्न सकिन्छ ।
– सुजन देवकोटा, पालुङ्टार, गोरखा

प्रकाशित : भाद्र १८, २०८१ ०९:५७
x
×