कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

निगम डुबाउने व्यवस्थापन

भाद्र १६, २०८१

नेपाल वायुसेवा निगमले विमान खरिद गर्दा लागेको २४ अर्ब ऋण तिर्न त परको कुरा किस्तासमेत तिर्न सकेको छैन ।

ऋणको ब्याज तथा ६ वटा चिनियाँ जहाजका लागि लिएको ऋणका साथै सञ्चालन खर्चसमेत जोड्दा कम्तीमा ४७ अर्ब पुगिसकेको हिसाब निकालिएको छ । अर्कोतिर आन्तरिक उडानमा पनि साह्रै दयनीय अवस्थामा छ । जम्मा तीनवटा ट्वीनअटर विमानमध्ये एउटा मात्र उडानमा रहेकामा त्यो पनि बिग्रिएर नेपालगन्जमा थन्किनु कस्तो विडम्बना ! यस्तो नाजुक अवस्थामा निगम गुज्रिएको देख्दा पनि यसका सम्बन्धित अधिकारीमाथि गम्भीर छानबिन र निराकरणको उपायबारे चासो देखिएको छैन ।

बिग्रँदो राष्ट्रिय ध्वजावाहक वायुसेवाबारे गुनासो र सुझाव दिन लागेको वर्षौं भइसके पनि सरोकारवालाको कानमा बतास पसेको छैन । गन्तव्यको योजनाबिना कमिसनको चक्करमा झोले कम्पनी/एजेन्टबाट महँगा विमान किन खरिद गरियो ? विस्तृत परीक्षणका लागि दुई महिनाअघि पठाइएका विमान थन्किएर सेवा दिन नपाउँदा पनि प्राधिकरणका महानिर्देशक के हेरिरहेका छन् ? विमान सेवालाई सुधार गर्ने हो भने वर्तमान व्यवस्थापकलाई हटाएर नयाँ र गैरराजनीतिक, स्वच्छ छविका व्यक्तिलाई व्यवस्थापन गर्नैपर्छ । होइन झने यस्तो हेलचेत्र्याइँ र जोखिमको उडानलाई निरन्तरता दिनुभन्दा निजी क्षेत्रलाई सुम्पनु ठीक होला ।

गंगाराज अर्याल, पाणिनि–८, अर्घाखाँची

प्रकाशित : भाद्र १६, २०८१ ०७:०५
x
×