कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५९

नैतिकताको खडेरी

भाद्र १६, २०८१

कान्तिपुरको शुक्रबारको अंकमा प्रकाशित दुर्गा कँडेल छत्कुलीको ‘नीति, नेतृत्व र नैतिकता’ शीर्षकको लेखले सम्पूर्ण संसारलाई ढाक्छ ।

बचपनमा नैतिक शिक्षा पढेको हुँ । जवानीमा चारैतिर अनैतिकताको बजार देखें । बुढापाकामा देखें कि अनैतिकताको नांगो नाच हुँदै छ । जब नेतृत्व नै अनैतिक हुन थाल्छ, तब सम्झनुस् समाज र देश दिशाहीन यात्रामा जान्छ । संसारका अरू देशमा जहाँ नैतिक नेतृत्व छ, त्यहाँ जनतामा खुसियाली छाएको छ । तर, नेपालमा नैतिकताको खडेरी परेको छ । सुन्दर, शान्त र प्रकृतिको समृद्ध उपहार पाएको देश नैतिकताको अभावमा अभावग्रस्त बनेको छ । जहाँ नैतिकता छैन, त्यहाँ नीति र कार्यक्रम केवल कागजका खोस्टा हुन् । जो नैतिक छैन, उसलाई नेता र उसको कृत्यलाई नेतृत्व भन्नु पनि उपहास हो ।

शिवशंकर यादव, छपकैया, वीरगन्ज

प्रकाशित : भाद्र १६, २०८१ ०७:०५
x
×