कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

गणतन्त्रको प्रश्न

भाद्र ९, २०८१

कान्तिपुरको भदौ ६ को अंकमा नारायण खड्काले ‘गणतन्त्र यदि राख्न सक्नुभयो भने’ शीर्षकमा औधी सन्तुलित विश्लेषण गर्नुभएकामा साधुवाद ।

गणतन्त्रका २३५ वर्षमा संयुक्त राज्य अमेरिकाले असंख्य चुनौतीको सामना गर्‍यो होला । लेखक खड्काका दृष्टिमा अमेरिकाको गणतन्त्र आधुनिक मोडलको हो । अमेरिकी संविधानअनुसार मानिसहरू जन्मसिद्ध रूपमै समान हक राख्छन्, त्यसैले उनीहरूमा जीवन (मौलिक हक र अधिकार) स्वतन्त्रता र सुखीपनजस्ता अपरिहार्य अधिकार जन्मसिद्ध हुन्छ । यी अधिकार प्राप्त गर्नकै लागि जनताबाटै निर्वाचनद्वारा सरकारहरू गठन हुन्छन् र तिनीहरूको स्वीकृतिबाट अधिकार कार्यान्वयन गर्छन् । हाम्रो गणतन्त्रको उद्देश्य के थियो त ? उति बेला निरंकुशताको अन्त्य भनिएको थियो । छत्तीस सालको जनमत संग्रहताका कसैले गणतन्त्र स्थापना गरिदिने प्रस्ताव राख्दा बीपीले किन अस्वीकार गरे होलान् ? जनमत संग्रहको समयमा अस्वीकृत गणतन्त्र केका लागि सत्ताइस वर्षपछि कांग्रेस भिर्न बाध्य भयो ? बहुतै विचारणीय प्रश्न छ । अमेरिकनहरूले मुलुकका लागि गणतन्त्र स्थापित गरेका थिए । यहाँ त १७ हजार निर्दोष नेपालीको हत्या भयो । यसरी भित्रिएको गणतन्त्रको तुलना अमेरिकी पद्धतिसँग हुन सक्ला र ?

भट्टराई बन्धु, छत्रदेव, अर्घाखाँची

प्रकाशित : भाद्र ९, २०८१ ११:२६
x
×