काठमाडौँ — काठमाडौं महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तार गर्न थालेपछि स्थानीयहरू विरोधमा उत्रिएका छन् । उच्च अदालत पाटनको आदेशपछि महानगरले न्युरोडको जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको बाटोमा सडक काट्न सुरु गरेको थियो ।
त्यस्तै महानगरले जुद्ध शालिकदेखि दक्षिणतर्फको धर्मपथमा पनि फुटपाथ विस्तार गर्ने तयारी गरेपछि स्थानीयहरू विरोधमा उत्रिएका हुन् ।
पैदलमार्ग विस्तारको विरोधमा वडा नम्बर १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन र वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जन पनि सडकमा आएका छन् ।