कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

पलेशा र अन्य पारा खेलाडीलाई एनसेलको सम्मान 

आश्विन ४, २०८१
पलेशा र अन्य पारा खेलाडीलाई एनसेलको सम्मान 

काठमाडौँ — एनसेल फाउन्डेसनले पेरिस पारालिम्पिक्स २०२४ मा इतिहास रचेकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई १० लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको छ ।

राष्ट्रिय पारालिम्पिक कमिटी (एनपीसी) नेपालको २५औं वार्षिकोत्सवका अवसरमा बुधबार आयोजित एक कार्यक्रममा एनसेलले पेरिस पारालिम्पिककी ऐतिहासिक कांस्य पदक विजेता पलेशासहित सहभागी पाँच सदस्यीय टोलीलाई नगदसहित पुरस्कृत हो ।

कम्पनीले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारी (सीएसआर) अन्तर्गत एनसेल फाउन्डेसनबाट उक्त पुरस्कार प्रदान गरेको जानकारी दिएको छ ।

पलेशाकी पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाले ३ लाख र तेक्वान्दो खेलाडी भरहसिंह महता, पौडी खेलाडी भीमबहादुर कुमाल र पौडी प्रशिक्षक विजेनमान श्रेष्ठले जनही १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।



प्रकाशित : आश्विन ४, २०८१ ०६:२०
×