कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

स्काइवर्थको दसैं–तिहारमा कार उपहार योजना

आश्विन ४, २०८१
स्काइवर्थको दसैं–तिहारमा कार उपहार योजना

काठमाडौँ — केएल दुगड ग्रुपअन्तर्गत नेपालका लागि स्काइवर्थ होम अप्लायन्सेसको आधिकारिक वितरक स्मार्ट एप्लाएन्सेसले चाडपर्व लक्षित ‘स्काइवर्थ सपना सा कार’ योजना ल्याएको छ ।

यस योजनाअन्तर्गत ग्राहकले बम्पर पुरस्कारमा एमजी कमेट ईभी कार जित्न सक्नेछन् । साथै कम्पनीका विभिन्न होम अप्लायन्स खरिदमा ४० प्रतिशतसम्म छुट पाउने जनाइएको छ ।

यसैगरी ग्राहकले हरेक साता लक्की ड्र विजेताले माइक्रोवेभ जित्न सक्नेछन् । स्काइवर्थ नेपालले बजारमा टेलिभिजन, फ्रिज, वासिङ मेसिन, एयर कन्डिसनरलगायत होम अप्लायन्सेस उपलब्ध गराउँदै आएको छ । उक्त योजना कात्तिकसम्म मात्र लागू हुने कम्पनीले जनाइएको छ ।


प्रकाशित : आश्विन ४, २०८१ ०६:२०
×