कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११४

याडियाको इलेक्ट्रिक स्कुटरमा १० हजारसम्म छुट

आश्विन ४, २०८१
याडियाको इलेक्ट्रिक स्कुटरमा १० हजारसम्म छुट

काठमाडौँ — नेपालका लागि विद्युतीय स्कुटर कम्पनी याडियाको आधिकारिक विक्रेता कुजु नेपालले दसैं–तिहार लक्षित छुट योजना ल्याएको छ । याडियाको ई८एस प्रो, जी ६ र एम ६ मोडलका स्कुटर खरिदमा १० हजार रुपैयाँसम्म छुट पाइनेछ ।

सीमित अवधिका लागि कम्पनीले ल्याएको उक्त छुटले ग्राहकलाई लाभ पुग्ने विश्वास लिएको जनाएको छ । नेपाली बजारमा याडिया ई८एस प्रोको मूल्य २ लाख ३० हजार, जी ६ को दुई लाख ६० हजार र एम ६ को १ लाख ७५ हजार रुपैयाँ छ ।

ई८एस र जी ६ मा एक पटकको चार्जमा १५० किलोमिटरसम्म यात्रा गर्ने क्षमता रहेको कम्पनीले जनाएको छ । यसको मोटर र ब्याट्रीमा २ वर्षको वारेन्टी छ । यसैगरी एम ६ ले एक पटकको चार्जमा ९० किलोमिटरसम्म यात्रा गर्ने र ब्याट्रीमा पनि दुई वर्षको वारेन्टी रहेको कम्पनीले बताएको छ ।

छुटका साथै पुराना बाइक तथा स्कुटरका लागि एक्सचेन्ज र ईएमआईको सुविधा पनि उपलब्ध रहेको कम्पनीको भनाइ छ ।


प्रकाशित : आश्विन ४, २०८१ ०६:२१
×