कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

चाङ्गनका १७ लाख कार बिक्री

आश्विन ३, २०८१
चाङ्गनका १७ लाख कार बिक्री

काठमाडौँ — डिपल र अवतार नामक नयाँ ब्रान्डहरूको कम्पनी चाङ्गन अटोमोबाइलले अहिलेसम्म करिब १७ लाख थान कार बिक्री गरेको जनाएको छ ।

कम्पनीको अर्ध–वार्षिक प्रतिवेदनका अनुसार हाल कम्पनीको राजस्व ७६.७ अर्ब युआन (१०.७७ अर्ब अमेरिकी डलर) पुगेको हो । यस वर्ष १७ प्रतिशतले बढेको कम्पनीले वार्षिक प्रतिवेदनमा दाबी गरिएको छ ।

चाङ्गनले दिगो प्रविधिमा उच्च आर एन्ड डी लगानी गरेका कारण उक्त उपलब्धि हासिल गर्न सफल भएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उक्त लगानीका कारण कम्पनीको राजस्व १७ प्रतिशतले बढेर १०.७७ अर्ब अमेरिकी डलर पुगेको जनाइएको छ ।

सन् १८६२ मा सुरु भएको चाङ्गन अटोमोबाइलसँग संसारभरका ३० देशका १७ हजारभन्दा बढी प्राविधिक रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : आश्विन ३, २०८१ २२:१७
×