कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६८

नबिल बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने

भाद्र १९, २०८१
नबिल बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने

काठमाडौँ — नबिल बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने भएको छ । बैंकको सोमबार सम्पन्न विशेष साधारणसभाले उक्त निर्णय गरेको हो । बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न उक्त सभाले ५ अर्ब रुपैयाँ बराबरको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित गरेको हो ।

बैंकको व्यापार वृद्धि तथा जोखिमलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पुँजीको माध्यमबाट पुँजीगत आधारमा वृद्धि गर्न आवश्यक भएकाले बैंकले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनका सर्त र व्यवस्थाबमोजिम तथा नियमनकारी निकायको स्वीकृतिपश्चात् जारी हुने गरी उक्त रकम बराबरको सेयर जारी गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको जानकारी दिएको छ ।

प्रकाशित : भाद्र १९, २०८१ ०६:३१
x
×