२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

बढयो आयु नेपालीको

काठमाडौ — विगत २५ वर्षयता विश्वभरिका मानिसको औसत आयु ६ वर्षले बढेको छ। नेपालीको उमेरचाहिँ १२ वर्षले वृद्धि भएको छ। नाइजेरिया, इथियोपिया, पूर्वी टिमोर, माल्दिभ्स, रुवान्डा, इरानका नागरिक पनि यही दरमा दीर्घजीवी भएका छन्।

बढयो आयु नेपालीको

मेडिकल जर्नल 'लान्सेट' मा प्रकाशित यो अध्ययन 'ग्लोबल बर्डेन अफ डिजिज २०१३' को आकलनमा आधारित छ। विकसित देशमा क्यान्सर र अल्पविकसित वा अति कम विकसित देशमा औलो, क्षयरोग, झाडापखालाका कारण हुने गरेका मृत्युमा कमी आएकाले औसत आयुमा यो वृद्धि पाइएको हो।
अध्ययन अनुसार, सब सहारा अफ्रिकी देशका नागरिकको औसत आयुमा भने कमी आएको छ। ती देशका मानिस सालाखाला पाँच वर्ष कम बाँच्न थालेका छन्। यसको कारण हो, एचआईभी/एडसले गर्दा हुने मृत्युमा बढोत्तरी हुनु। यस्तै, अध्ययनमा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदरसमेत घट्दै आएको छ।
तर सास सम्बन्धी रोग, झाडापखाला, औलोले बर्सेनि अझै करिब २० लाख बालबालिकाको मृत्यु हुने गरेको छ। उक्त अध्ययनमा कलेजोको क्यान्सर, आत्महत्या, नसालु पदार्थको प्रयोग सम्बन्धी रोगमा वृद्धि भएको देखाइएको छ।



 

प्रकाशित : पुस १२, २०७१ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?