कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०

अस्ट्रेलियामा नेपाली युवा सम्मेलन हुँदै

आश्विन २, २०८१
अस्ट्रेलियामा नेपाली युवा सम्मेलन हुँदै

अस्ट्रेलिया — अस्ट्रेलियामा पहिलोपटक आउँदो शनिबार नेपाल युवा सम्मेलनको आयोजना हुने भएको छ । अस्ट्रेलियाका हरेक राज्यमा रहेका युवाको सहभागिता रहनेछ ।

अस्ट्रेलियामा रहेका युवाको सीप, दक्षता, आर्थिक सक्षमतालाई नेपालसम्म पुरयाउने सम्मेलनको मुख्य उद्देश्य रहेको छ । कार्यक्रमको माध्यमबाट नेपालको सामाजिक, सांस्कृतिक, आर्थिक र पर्यटकीय क्षेत्रको बिकासका लागि युवाको भूमिका र अवसरको खोजी गरिने आयोजक संस्था एनआरएनए अस्ट्रेलियाका सचिव थिर गुरुङ्गले जानकारी दिए ।

पहिलोपटक बृहत सहभागिताका साथ आयोजना गरिएको यस कार्यक्रममा अस्ट्रेलियाका हरेक राज्यमा रहेका विभिन्न पेशा तथा व्यवसायमा आबद्ध युवाको प्रतिनिधित्व रहने आयोजकले बताएको छ । पछिल्लो समयमा यहाँ रहेका युवाहरु पेशा तथा व्यवसायमा सफल बन्दै गइरहेकाले उनीहरुको आर्थिक, सामाजिक तथा वैचारिक क्षमतालाई नेपालसम्म पुर्‍याउने उपायको कार्यक्रम मार्फत खोजी गरिने भएको हो ।

कार्यक्रममा युवाहरुको मत सुन्ने र सीप तथा आर्थिक लगानीका लागि नेपालमा रहेको नीति तथा कानुनका बारेमा जानकारी समेत दिईनेछ । सम्मेलन पश्चात लगानीका वातावरण बनाउनका लागि नेपाल सरकारलाई नीति कार्यक्रममा सुधार ल्याउन समेत सुझाव दिइनेछ ।

कार्यक्रममा सहभागिता जनाउन नेपालबाट योजना आयोगका पूर्व उपाध्यक्ष गोविन्दराज पोखरेल, एमाले नेता योगेश भट्टराई, एनआरएनका केन्द्रीय अध्यक्ष बद्री केसी लगायत अस्ट्रेलिया आउने भएका छन् ।

आयोजक एनआरएन अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले युवाहरुलाई समेत देश विकासमा प्रत्यक्ष सहभागी गराउने उद्देश्यका साथ कार्यक्रम आयोजना हुन लागेको बताए । ‘अहिले एनआरएनएका साथै अस्ट्रेलियामा हजारौंको संख्यामा सफल ब्यवसायी तथा पेशाकर्मी आवद्ध छन् र उनीहरुको सीप, दक्षता, क्षमतालाई नेपालको उपयुक्त क्षेत्रमा उपयोग गराउने यस कार्यक्रमको मुख्य लक्ष्य हो ’ उनले कान्तिपुरसँग भने ।

अस्ट्रेलियाबाट नेपालमा लगानी गर्नका लागि विभिन्न नीतिनियममा कठिनाई देखिनुका साथै कर्मचारीतन्त्रका कारण कष्ट झेल्नुपर्ने यहाँका नेपालीले गुनासो गर्दै आएका छन् । यसका साथै लगानी सुनिश्चितताको वातावरण नभएकाले समेत नेपालमा सोचेजति लगानी यहाँका व्यावसायीले गर्न सकेका छैनन् । यस सम्मेलनले नेपालमा लगानीका लागि अवसरको खोजी गर्ने र अहिले रहेका लगानी सम्बन्धि नियम कानुनका बारेमा समेत छलफल गर्ने आयोजकले जनाएको छ ।

प्रकाशित : आश्विन २, २०८१ १७:४९
x
×