कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

अस्ट्रेलियाको सिड्नीमा नेपाली युवती मृत फेला

भाद्र २५, २०८१
अस्ट्रेलियाको सिड्नीमा नेपाली युवती मृत फेला

अस्ट्रेलिया — अस्ट्रेलियाको सिड्नीस्थित एक पार्कमा नेपाली युवती मृत फेला परेकी छिन् । गएराति प्रहरीले उनलाई सिड्नीको ब्यस्तमध्येको सेन्ट्रलस्थित एक पार्कमा मृत फेला पारेको हो । 

अस्ट्रेलियास्थित नेपाली दूतावासले समेत नेपाल युवती मृत भेटिएको पुष्टि गरेको छ । कार्यवाहक राजदूत कुलराज मगरले नेपाली युवतीको मृत्युको बारेमा जानकारी आएको उल्लेख गरे ।

एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले समेत झापा घर भएकी २७ बर्षिया नेपाली युवतीको मृत्यु भएको र उनको परिवारलााई आवश्यक्ता अनुसार सहयोग पुर्याइरहेको जानकारी दिए । नेपालस्थित परिवारले एनआरएनएलाई सत्यतथ्य छानबिन गर्नका लागि सहयोग गर्न आग्रह गरेको छ ।

मृतकको बारेमा गोपनीयताका कारण नाम र अन्य विवरण सार्वजनिक गरिएको छैन । उनी विवाह पश्चात करिब ४ महिनाअघिमात्र अस्ट्रेलिया आएको बताइएको छ ।

उनको मृत्युको बारेमा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । न्यू साउथ वेल्सका अवैतनिक वाणिज्यदूत सञ्जीव शर्माले घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेकाले के कारणले घटना घटेको भन्ने बिषय प्रष्ट नभइसकेको बताए । उनले घटना दु:खद भएको बताउँदै यो अवस्थामा परिवारलाई सहयोग गर्न यहाँ रहेका दूतावास, वाणिज्युदूतावास लगायतका संघसंस्था तयार रहेको समेत बताए ।

करिब एकसाताअघि मात्र एक नेपाली युवा सिड्नीमा नै मृत भेटिएका थिए । उनको शवलाई दुईदिनअघि मात्र एनआरएनए लगायतका अन्य संघसंस्थाको सहयोगमा अन्तिम संस्कारका लागि नेपाल पठाइएको थियो ।

प्रकाशित : भाद्र २५, २०८१ २०:१२
×