कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पेन्सिलभेनियामा नेपालीमूलका अमेरिकाबासीको भलिबल प्रतियोगिता सुरू

भाद्र २९, २०८१
पेन्सिलभेनियामा नेपालीमूलका अमेरिकाबासीको भलिबल प्रतियोगिता सुरू

काठमाडौँ — अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग सहरमा  नेपाली मूलका अमेरिकाकाबासीहरूका लागि भलिबल प्रतियोगिता सुरु भएको छ । अमेरिकाका विभिन्न राज्यबाट भेला भएका पुरुष एवं महिलाका गरी २४ वटा टिमबीच  प्रतिस्पर्धा भइरहेको छ ।

इन्ट्रा कप भलिबलका प्रतियोगिताका नेपाली खेलाडीहरुका लागि आयोजित स्वागत समारोहमा पेन्सिलभेनिया राज्य संसदका सांसद डेभ म्याडसेनले आप्रवासी समुदायका व्यक्तिहरुले नै अमेरिका निर्माणमा ठूलो भूमिका रहेको बताए ।

उनले समुदायका बीचको यो खेल देखेर आफू उत्साहित भएको र सबै खेलाडीहरुलाई पेन्सिलभेनियामा स्वागत गर्न आफू उपस्थित भएको बताएका थिए ।

आयोजनक संस्था इन्टा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिका फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारी, गैरआवासीय नेपाली संघ अमेरिकाका अध्यक्ष डा.अर्जुन बञ्जाडेले यो आयोजनाले खेल भवनाको विकासमा योगदान पुर्‍याएको बताएका थिए ।

पुरुषका १६ टिम र महिलाका ८ टिममध्ये शुक्रबार पुरुषका १६ टिमको लिग चरणका खेलहरु सम्पन्न भएका छन् । महिला टिमको लिग खेल भने शनिबार हुने आयोजक संस्थाले जनाएका छन् ।

शक्रबारको शुरुवाती चरणमा गार्खाली भलिवल टिम र रिजउड नेपाली समाज न्यूयोर्कका बीच, बाग्लुंग समाज र योग ब्लग ह्यारिसवार्गबीच, गार्खाली भलिबल र ह्यारिसवर्ग गार्खाका बीच, न्यूयोर्क इन्टा र योग ब्लडबीच, गोर्खाली भलिबल टिम र कोलम्बस इन्टाबीच, न्यूयोर्क इन्टा र बाग्लुङ समाजबीच सम्पन्न भएको थियो ।

यसैगरी फिप्टी स्टार क्लब र न्यूयोर्कबीच, टिम रुकुम र स्याङ्जा समाजबीच, टिम सजनी र सानफ्रान्सिस्को भलिबल टिमबीच, केन्टकी वाइल्ड क्याट र टिम रुकुमबीच, माउण्ट एभरेष्ट टिम र सान फ्रान्सिस्को भलिबल टिमबीच, सिन्सीनाटी भलिबल क्लब र टिम रुकुमबीच, गल्कोट बाग्लुङ र माउण्ट एभरेष्टबीच प्रतिष्पर्धा भएको थियो ।

लिग चरणका यी खेलहरुबाट बिजयी भई रिजउड नेपाली समाज टिम, स्याञ्जा समाज टिम, रुकुम टिम, गार्खाली भलिबल टिम, योग ब्लड टिम, सान फ्रान्सिस्को भलिबल टिम, न्यूयोर्क इन्ट्रा टिम क्वार्टर फाइनलमा पुगेका छन् ।

प्रकाशित : भाद्र २९, २०८१ १७:२१
×